ऋषिङ्गका ११० घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण

ऋषिङ्ग : तनहुँको ऋषिङ्ग गाउँपालिका कार्यालयले एक सय दश घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय र मालपोत कार्यालयका प्रतिनिधीको रोहबरमा उक्त पुर्जा बितरण गरेको हो ।

बिसं ०७४ सालमा फारम भरेका व्यक्तिहरुलाई  विभिन्न चरण पश्चात बुधबार जग्गाधनी पुर्जा बितरण गरेको गाउँपालिकाले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?