पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा राँके जुलुस

दमाैली : तनहुँको दमौलीमा बिहीबार साँझ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमाराँके जुलुस निकालिएको छ । राष्ट्रिय युवा संघ तनहुँले मूल्यवृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन उनीहरूले माग गरेका छन् । वर्तमान सरकारले पटक–पटक मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष मदन तिमिल्सिनाले आरोप लगाए ।

मूल्यवृद्धि फिर्ता नलिए अझ सशक्त आन्दोलन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?