व्यास नगरपालिकाले ल्यायो एक अर्ब ६५ करोडको बजेट

दमौली :  व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको शुक्रबार आयोजित ३७ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले उक्त अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।

विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार अनुमान गरिएको छ । पुँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार विनियोजन गरिएको छ ।

आर्थिक विकासतर्फ रु चार करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ रु ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु छ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ रु ४० करोड ६३ लाख ८६ हजार विनियोजन गरिएको छ ।

बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५८ करोड ९८ लाख, आन्तरिक स्रोतको आयबाट रु २२ करोड ६० लाख, सङ्घ सरकारको वित्तीय समानीकरण अनुदान रु २० करोड ६९ लाख, सङ्घ सरकारको राजश्व बाँडफाँटबाट रु १५ करोड ७२ लाख ९९ हजार, नगर विकास कोष ऋणबाट रु ११ करोड, सञ्चित कोष अल्याबाट रु दश करोड, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु दश करोड आय अनुमान गरिएको छ ।

सङ्घ विशेष अनुदानबाट रु चार करोड, प्रदेश वित्तीय समानीकरण अनुदान रु दुई करोड ५९ लाख ८१ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु दुई करोड नौ लाख ७१ हजार, सङ्घ समपुरक अनुदान रु दुई करोड दश लाख, प्रदेशको विशेष अनुदान रु एक करोड, सशर्त अनुदान रु एक करोड, समपुरक अनुदान रु एक करोड, प्रदेशको नवप्रवर्तनीय साझेदारी कोष अनुदान रु एक करोड, सङ्घ सरकारको सडक बोर्ड नेपालबाट रु एक करोड, जनसहभागिता नगदबाट रु ६० लाख र मूल्य श्रृङ्खला कार्यक्रम अनुदान रु १५ लाख हुने अनुमान गरिएको छ ।

यस अघि विसं २०७८ माघमा ३६ औं नगरसभाबाट पारित चालु आर्थिक वर्षको संशोधित आय सङ्घ सरकारबाट प्राप्त अनुदान रु एक अरब १३ करोड ५६ लाख २४ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु सात करोड १९ लाख ५३ हजार, अन्य आयबाट प्राप्त रकम रु २५ करोड ६९ लाख १४ हजार, आन्तरिक स्रोतबाट प्राप्त रकम रु २० करोड ५० लाख, लागत सहभागिताबाट र अघिल्लो वर्षको अल्या गरी रु दश करोड ९४ लाख २१ हजार कूल एक अर्ब ७७ करोड ८९ लाख १२ हजार आय अनुमान र खर्च अनुमान रु ७४ करोड २२ लाख ५६ हजार जम्मा रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजार संशोधित खर्च अनुमान गरिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ मा भन्दा आगामी वर्षका लागि करिब १२ करोड कम बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट ल्याएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?