तनहुँका स्थानीय तहमा ८ अरर्ब ३१ करोड बजेट प्रस्तुत

व्यास नगरपालिकाले रु एक अर्ब ६५ करोड ५४ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ८६ करोड ५५ लाख छ हजार र पूँजीगततर्फ रु ७८ करोड ९९ लाख ४५ हजार अनुमान गरिएको उपप्रमुख इन्दिरा दरैले बताए ।

भानु नगरपालिकाले रु ८९ करोड ६८ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उक्त बजेटमध्ये सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान रु १५ करोड ६५ लाख, सशर्त चालु अनुदान रु ३७ करोड आठ लाख, सशर्त पूँजीगत रु एक करोड ३९ लाख, विशेष अनुदान रु एक करोड ५० लाख, समपूरक अनुदान रु दुई करोड २० लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु १२ करोड ५७ लाख ६३ हजार आम्दानी हुने अनुमान गरिएको उपप्रमुख उमा गोतामेले बताए ।

प्रदेश सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत समानीकरण अनुदान रु एक करोड ८८ लाख, राजस्व बाँडफाँटबाट रु एक करोड २२ लाख १५ हजार, प्रदेश समपूरक रु एक करोड प्राप्त हुने नगरपालिकाको अनुमान छ ।

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार ८२० को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये समानीकरण अनुदान सङ्घबाट रु १६ करोड ३१ लख, राजस्व बाँडफाँट सङ्घबाट रु १२ करोड ९८ लाख ९० हजार, सशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजस्व बाँडफाँट प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजार, प्रदेश समपूरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेश्वर कार्यक्रम अन्तरसरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुई करोड ९४ लाख ४० हजार ८२०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको उपप्रमुख खुमबहादुर विकले बताए ।

व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार ८२०, सशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, प्रदेश समपूरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडक बोर्डतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालु खर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ ।

भिमाद नगरपालिकाले रु ६७ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाले रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पूँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको उपप्रमुख दुर्गा अर्यालले बताउनुभयो । आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको छ ।

आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु १० करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजस्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ ।

बन्दीपुर गाउँपालिकाले रु ६२ करोड ६२ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु ४२ करोड ४९ लाख र पूँजीगततर्फ रु २० करोड १३ लाख ९२ हजार विनियोजन गरिएको उपाध्यक्ष पञ्चमाया गुरुङले बताए ।

म्याग्दे गाउँपालिकाले रु ७३ करोड २६ लाख ९५ हजार ३६५ को अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये पूँजीगततर्फ रु १५ करोड ९२ लाख २९ हजार ६७५ र चालुतर्फतर्फ रु ५७ लाख ३९ हजार ६९० गरी रु १६ करोड ४९ लाख ६९ हजार ३६५ विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

घिरिङ गाउँपालिकाले रु ४९ करोड ६६ लाख ८९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । त्यसमध्ये चालुतर्फ रु २६ करोड ९१ लाख ३४ हजार र पूँजीगततर्फ रु २३ करोड २६ लाख विनियोजन गरिएको उपाध्यक्ष राधादेवी अधिकारीले बताए ।

देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५२ करोड ६ लाख ६४ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ । चालू खर्चतर्फ ३३ करोड ४० लाख तीन हजार रूपैयाँ र पुँजीतर्फ १८ करोड ६६ लाख ६१ हजार रूपैयाँ बजेट अनुमान गरिएको गाउँपालिका  उपाध्यक्ष भुवनसिंह गुरूङले  जानकारी दिए ।

ऋषिङ गाउँपालिकाले रु ४९ करोड ९९ लाख ४९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?