दमौली : तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले यस नगरपालिकाले कृषि क्षेत्रमा सक्दो लगानी गर्ने बताएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतितिष्ठान नेपाल जिल्ला कार्य समिती तनहुँले बुधबार तेस्रो हिले महोत्सवको उद्घटन गर्दै नगरप्रमुख न्यौपानेले कृषि क्षेत्रमा सक्दो लगानी गर्ने बताएका हुन् ।
कृषि क्षेत्रमा अहिलेका मानिसहरु टाढिंदै जाने चिन्ता व्यक्त गर्दै यसको संरक्षण गर्नका लागि यस्तो मेला महोत्सवको आवश्यकता रहेको बताए । व्यास नगरपालिका यस्तो कार्यमा सदैब साथमा रहेको समेत उल्लेख गरे ।
डोरी तान्ने प्रतियोगिता, छिटो धान रोप्ने प्रतियोगिता र विविध सांस्कृतिक कार्यक्रम गरि महोत्सव सम्पन्न भएको आयोजकले जनाएको छ ।
सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ । मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?