
पछिल्लो २४ घण्टामा तनहुँमा बुधबार थप ८७ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा ४२ जना पुरुष र ४५ जना महिला गरि ८७ जना संक्रमित थपिएको जनाएको छ ।
यसैगरि तनहुँमा आज बुधबार थप १ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा म्याग्दे गाउँपालिका ४ का ४१ वर्षीया पुरुष रहेका छन् ।उनमा जेठ ३१ गते कोरोना पुष्टि भएको थियो । उनको पोखरा गण्डकी मेडीकल कलेज ,पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?