तनहुँमा शुक्रबार थप २८ जना कोरोना सङ्क्रमण,१ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा तनहुँमा शुक्रबार थप २८  जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा १५ जना पुरुष र १३ जना महिला गरि २८  जना संक्रमित  थपिएको  जनाएको छ l

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ४९ जना पुगेको छ। जस्मा ३  हजार  ३ सय ७४  निको भैसकेका छन्  भने सक्रिय संक्रमितको सङ्ख्या ५ सय ७९ जना  रहेको छ।

यसैगरि तनहुँमा आज थप १  जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका-४ कि ७० वर्षीया महिला रहेका छन् l उनिमा जेठ २६ गते कोरोना पुष्टि भएको थियो । उनमा ग्यालेक्सी अस्पताल,पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमणबाट ९६  जनाको मृत्यु भैसके  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?