ऋषिङ्गको पर्यटन तथा सांस्कृतिक प्रवर्द्धन गराउने उदेश्यका साथ ऋषिङ्ग गाउँपालिकाको वडा न १ सेटाङमा होमस्टे सञ्चालनमा ल्याइएको छ । आज बिहीबार एक कार्यक्रमका बीच प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले होमस्टेको उद्घाटन गरेका थिए । पर्यटकीय दृष्टिकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमूना स्थलका रूपमा चिनाउन जिल्लामै पहिलोपटक होमस्टेको सुरुआत गरिएको र ऋषिङ्गमा नै पहिलो सामुदायिक रूपमा सञ्चलानमा ल्याइएको यस होमस्टेले समग्र ऋषिङ्गको आतिथ्य सत्कारलाई होमस्टे मार्फत पाहुनालाई पस्किने कुरामा आफू बिश्वस्त रहेको श्रेष्ठले बताए । शुभारम्भको अवसरमा होमस्टेमा आएका पाहुनालाई स्थानीयले फूल माला सहित स्वागत गरेका थिए । कार्यक्रममा आगन्तुक पाहुनालाई स्थानिय स्तरमा नै उपलब्ध अर्गानिक मासका परिकार, गुन्द्रुक, मकै तथा कोदोको विभिन्न परिकारतथा अन्य स्थानीय स्तरमा उपलब्ध फलफूलहरुले पाहुनालाई स्वागत गरिएको होमस्टे सञ्चालक तारण आलेले जानकारी दिए । स्थानियहरुले विभिन्न सांस्कृतिक कौराह, ठाडो भाका, झ्याउरे तथा विभिन्न झाकीहरु समेत प्रस्तुत गरिएको थियो । उनका अनुसार अहिले तत्काल २० घरमा पाहुनालाई स्वागत सत्कार गर्न सकिने आलेले जानकारी दिए । हामीले होमस्टे मार्फत १०० भन्दा धेरै घरमा एकै पटक आगन्तुक पाहुनालाई सेवा सत्कार गर्ने लक्ष्यका साथ अघि बढेका छौं उनले भने । होमस्टेलाई निरन्तरता दिन सके यस स्थानलाई जिल्लाकै नमूना पर्यटकीय गन्तव्य स्थापित गर्न सकिने उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?