कम्युनिष्ट ”क” भन्दा अधिनायकको ”अ” संग जुध्न जरुरि छ: वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  देशमा अहिले संकट भईरहेको बेला राष्ट्र बचाउनको लागि  सामना गर्न सक्ने नेतृत्व पार्टीलाई  सधै आवास्यक रहेको  बताएका छन्  । शनिबार दमौलीमा आयोजित स्वास्थ्य सामग्री बितरण कार्यक्रममा राष्ट्रको लोकतन्त्र बचाउन उच्च मनोबल नैतिकताको सामना गरि राष्ट्रलाई जोगाउन पार्टीका सिमालाई पार गरि राष्ट्रलाई बचाउनु पर्ने बताए ।

राष्ट्र बचाउने कांग्रेसको जिम्मेवारी रहेको तर सहकार्य गर्न आउछ भने सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । “एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निर्णय प्रति असहमति रहेको र  कम्युनिष्ट ”क” भन्दा अधिनायकको ”अ” संग जुध्न जरुरि भएको तर सबै पार्टी संग काँग्रेसले सहकार्य गर्ने ” उनले भने ।

दोस्रो लहरको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न  वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका १० र  लमजुङका एक स्थानिया तहलाई करिब ३५ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गरेका छन् ।

पौडेलले  ११ थान अक्सिजन कन्संनट्रेटर,फेसमस्क १ हजार ३ सय ५०  थान, सेनिटाईजर, पीपीई, फेस सेभ हेन्डवास, हेन्ड सेनिटाइजर लगायतका सामग्री सहयोग गरेको सो अवसरमा जानकारी दिए ।

तनहुँका व्यास, शुक्लागण्डकी , भिमाद,भानु नगरपालिका तथा अंबुखैरेनी,देवाघाट, बन्दीपुर, म्यग्दे, ऋषिङ, घिरिङ गाउँपालिका र लमजुङको मध्येनेपाल नगरपालिकालाई साथै दमौली अस्पताल र जीपी कोइराला स्वास्थ श्वासप्रश्वास केन्द्र र  नेपाल पत्रकार महासङ्घका लागि  समेत स्वास्थ सामग्री हस्तान्तरण गरेका हुन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?