आँबुखैरेनीमा नाइरोबी फ्लाई किराको संक्रमण

दमौली : तनहुँको आँबुखैरेनीमा पनि नाइरोबी (फ्लाई) किराको संक्रमण देखिएको छ । आँबुखैरेनी गाउँपालिका–३ निवासी दश बर्षीय बालकमा नाईरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण देखिएको हो ।

स्थानीय मनकामना हेल्थ क्लिनिकमा उपचारको लागि आएका बालकको घाँटीको छालामा डडुवा घाउ तथा जनै घटिरा जस्तो देखिएको हो ।

स्वास्थ्य परिक्षणका क्रममा ती बालकमा नाइरोबी (फ्लाई) किराको एसिडका कारण संक्रमण पुष्टि भएको क्लिनिकका डाक्टर आषिश कोईरालाले जानकारी दिए ।

छिमेकी जिल्ला चितवनमा उक्त किराको प्रकोप बढेसंगै तनहुँको आँबुखैरेनीमा पनि देखा पर्न थालेको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?