नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने

काठमाडौं : बागमती प्रदेश सरकारको सहयोगमा राजधानीमा नेपालकै पहिलो चिकित्सा संग्रहालय स्थापना हुने भएको छ।
संग्रहालय स्थापनाका लागि प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।नेपाल चिकित्सक संघ सँगको सहकार्यमा संग्रहालय स्थापना गर्न लागिएको हो।

संग्रहालयमा नेपालको चिकित्सा इतिहास झल्कने सामग्री राखिनेछ। संग्रहालयमा पुराना औजार, चिकित्सा उपकरणलगायत सामग्री राख्ने तयारी छ।

स्वास्थ्यसम्बन्धी यस्ता ऐतिहासिक सामग्रीको खोजी भइरहेको छ। केही सामग्री पाइएको छ भने केही सामग्रीको खोजी अहिले पनि जारी रहेको संघले जनाएको छ।

नेपालमा पहिले लेखिएका प्रेस्क्रिप्शन, तस्बिर, संघका निर्णय पनि संग्रहालयमा राखिने जनाइएको छ। संग्रहालयले स्वास्थ्य पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्ने आशा गरिएको छ। प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले खेलकुद, स्वास्थ्यलगायत पर्यटन प्रवर्धनमा काम गरिरहेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?