नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण दैनिक छाक टार्न मुस्किल भएका व्यास नगरपालिका -२ बागबजार स्थित विपन्न ६ परिवारलाई शनिबार खाद्यान्न सामग्री वितरण गरेको छ |
दमौली घर भई हाल हङकङमा सेन्ट्रल सोहो एल्हीं होटल संचालन गर्दै आएका केशम थापाले सलिम मियाको पहल र वडा सदस्यको कल्पना पोख्रेलको रोहबरमा उक्त परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो |
पछिलो समय विभिन्न स्थानमा विपदमा परेका तथा खाद्यान्न अभाव परिवारलाई आफुले सकेको सहयोग गर्दै आएको र कोहि तेस्तो समस्यामा परेका व्यक्तिहरु भएमा समेत सहयोग गर्ने थापाले जानकारी दिए |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?