रुखबाट लडेर टाउकोमा चोट लागेर गम्भीर घाइते भएका प्रकाश रानालाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
तनहुँको व्यास नगरपालिका वडा नं ११ तनहुँसुर निबासी रानालाई आज आइतबार १ लाख ५ हजार ९ सय ७५ रूपैया आर्थिक सहयोग गरेको हो ।
अमर सिहं मा.बि.का कार्यालय सहयोगीको रुपमा काम गर्दै अएका प्रकाश जेष्ठ २५ गते मंगलबार दिउँसो रुखबाट लडेर टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।आर्थिक समस्याको कारण उपचारमा समस्या भएपछि सोहि विद्यालयका शिक्षक दल बहादुर थापाको संयोजकतामा देश तथा बिदेशमा कार्यरत सहयोगी दाता बाट सङ्कलन गरि पिडित परिवारलाई हस्तान्तरण गरेका हो ।
आर्थिक समस्याको कारण रानाको उपचारमा समस्या भएको कारण सहयोग उठाएर हस्तान्तरण गरिएको थापाले बताए ।साथै उनको उपचारमा ठुलो रकम आवश्यक पर्ने भएको र घरको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग गरिदिनुहुन सबैसंग अपिल समेत गरेका थिए ।
हाल उनको उपचार गण्डकी मेडिकल कलेज पोखरामा भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?