कोपा अमेरिका : अर्जेन्टिनाले पाराग्वेलाई १–० ले हरायो

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हात पारेको छ ।समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।  खेलको दशौं मिनेटमा अलेजान्द्रो ड्यारियो गोमेजले गोल गरे । खेलको धेरैजसो समय बल नियन्त्रणमा लिए पनि पाराग्वेले गोल गर्न सकेन ।

पाराग्वेले अर्जेन्टिनाको पोष्टमा नौ वटा प्रहार गरे पनि गोल हुन सकेन् । जितसँगै अर्जेन्टिना सात अङ्कसहित समूहको शीर्ष स्थानमा पुगेको छ । पाराग्वे भने तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?