ऋषिङका अध्यक्ष श्रेष्ठ र काठमाण्डौंका मेयर शाह बीच भेट

दमौली : तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बीच आइतबार भेटघाट भएको छ ।

एक आपसमा अनुभव आदानप्रदान हुँदा भेटघाट कार्यक्रम फलदायी भएको ऋषिङ्ग गाउँपालिकाका प्रवक्ता बिजय दरैले जानकारी दिए । सहर र गाउँको विकास,समस्याका बिषयमा अनुभव आदानप्रदान गरिएको  थियो ।

ऋषिङ्ग गाउँपालिकामा दोस्रो कार्यकाल अध्यक्ष बनेका श्रेष्ठले गाउँ र शहर  बीचको अनुभव एक आपसमा साटासाट गर्न पाउँदा खुशी लागेको बताए ।

ठुला पालिकाले कसरी कर्मचारी व्यवस्थापन गरेका छन् कसरी काम गरेका छन् भन्ने अनुभवलाई आफ्नो पालिकामा पनि प्रयोग गरिने बताइएको छ ।

साथै काठमाडौं महानगरपालिकाका उप मेयर सुनिता डंगोल आइतबार भेटघाट भएको जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?