दमौली : तनहुँको व्यास-५ स्थित श्री पराशर मा.वि. बेनीपाटनमा विपन्न तथा जेहेन्दार छात्र-छात्रालाई स्पोर्ट ड्रेस तथा छात्रवृत्ति वितरण गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री उषा क्षेत्रीकाे सभापतित्वमा साेमबार विद्यालयमा आयाेजित एक कार्यक्रममा स्पोर्ट ड्रेस साथै विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम गरेको हाे ।
पाेखरा म.न.पा. स्थायी ठेगाना भइ हाल वेलायत बसाेबास गर्नु हुने विनाेद श्रेष्ठकाे नेतृत्वमा वेलायतबाट संकलित रकम रु १ लाख ३ हजार १ सय ७० रुपैयाँ मध्ये बाँकी रु ५० हजार विभिन्न अक्षय काेषकाे व्याज रकम र गत वर्ष सहितको बाँकी रकमबाट यस विद्यालयका १२ जना छात्र छात्रालाई स्पोर्ट ड्रेस तथा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत २५ जना विपन्न तथा जेहेन्दार छात्र छात्रालाई छात्रवृत्ति रकम वितरण गरिएको हो ।
अध्यक्ष क्षेत्रीले बिद्यालयकाे तर्फवाट विनोद श्रेष्ठलगायत उहाँका सम्पूर्ण सहयोगी साथीहरु एबम् अक्षयकोष दाताहरुलाई नमन एबम् उच्च सम्मान व्यक्त गर्दै संयोजनको भूमिका निर्वाह गर्नुहुने शिक्षक रुपा श्रेष्ठलाई हार्दिक धन्यवाद व्यक्त गरिन ।साथै उनले कार्यक्रममा वितरित पाेशाक तथा छात्रवृतिले विद्यार्थीकाे सिकाइमा प्रेरणा मिल्ने बताउदै विद्यार्थीकाे सिकाइ उपलब्धि वृद्दिका लागि आ-आफ्नाे ठाउँबाट पहल गर्न आग्रह समेत गरेका थिए । विद्यालयका प्र. अ. श्री रामदत्त पाैडेलले उपस्थित महानुभावलाई स्वागत गर्दै कार्यक्रमकाे विषयवस्तु माथि प्रकाश परे।उक्त कार्यक्रम संचालन भने स.प्र.अ. अनिता घिमिरे काफ्लेले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?