टिकटक छोडिन्न भाग २ सार्वजनिक (भिडियोसहित)

दमौली : चर्चीत लोक तथा दोहोरी गायक रामजी पौडेलकोको तीज गीत टिकटक छोडिन्न सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा उनले धेरै पछी नयाँ तीज गीत ल्याएका हुन ।

पारिवारिक संवादमा रहेको उक्त गीतले परम्परागत शैलिको तिज माइती लिन गाएपछी मात्र चेली तिजमान्न आउने देखि लिएर समाजमा सामाजिक सञ्जाल टिकटकको दुरुपयोगले गर्दा पारिवारिक खटपट कसरी हुन्छ भन्ने बिषय सम्म समेट्न खोजिएको छ  ।

गीतमा गायक रामजी पौडेल,बलराम अधिकारी,नबिन शर्मा,बिष्णु दाहाल ,सम्झना क्षत्री,कल्पना सिग्देल,र अर्चना चापागाइको सुमधुर स्वर रहेको छ ।नयन शर्मा रचना रहेको गीतको संगीत पनि उनैले गरेका छन ।त्यसैगरी गीतको भिडियो निर्देशन उदयमान निर्देशक पदम नेपालीकोले गरेका छन ।

यस गीतको रेकर्ड पोखराको नमस्ते ब्रोडकास्टिङ स्टुडियोबाट साहिल गायकले गरेका हुन भने मिक्सिङ कार्य काठमाडौंको मारूनि स्टुडियोमा गरिएको हो।

यस गीतमा बिनिता पौडेल,मिना भट्टराई,कल्पना सिग्देल,कुमार गौतम,रेशम थापा ,मुन्द्रेमान श्रेष्ठ र नबिन लामिछानेको अभिनय रहेको छ । गीत  कुमार गौतम  युट्युव च्यानलबाट बजारमा आएको हो ।

नारीहरूको महान पर्व हरितालिका तिजलाईम लक्षित गर्दै बजारमा तिजगीतको होडबाजी चलिरहेकै बेला पनि विशुद्ध  मौलिक गीत कमै आइरहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?