![](https://www.damaulionline.com/wp-content/uploads/2022/07/Untitled-2-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-33.jpg)
दमौली : जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या बढेको छ ।
कार्यालयमा अहिले दैनिकरुपमा मतदाता नामावली दर्ता गर्नेको सङ्ख्या उल्लेख्य बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।
स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सरकारले गत असार १ गतेदेखि सुरु गरेको थियो । सुरुका दिनमा सेवाग्राही खासै आएका थिएनन् । पछिल्ला केही दिनदेखि कार्यालयमा उल्लेख्य मात्रामा नयाँ मतदाता नामावली दर्ताका लागि सेवाग्राही आउने गरको कार्यालय प्रमुख ढकालले बताए ।
असारमा मात्रै जिल्लामा चार हजार ८ सय ८४ नयाँ मतदाता थपिएका छन् । यस अवधिमा दुई हजार ३ सय ३७ महिला र दुई हजार ५ सय ४७ पुरुष मतदाता थपिएका छन् ।
जिल्लामा आबश्यकता अनुसार चार स्थानबाट मतदाता नामावली संकलन कार्य भइरहेको प्रमुख ढकालले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?