हाजिरी जवाफ प्रतियोगितामा गोर्खाको शक्ति मा.वि. प्रथम

दमौली :  दशौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आदिकवि भानुभक्त क्याम्पसद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा गोर्खाको शक्ति मा. वि  प्रथम भएको छ ।

त्यस्तैगरी  प्रतियोगितामा दमौलीको सत्यवती मा . वि  द्वितीय र दुलेगौंडाको पञ्चमुनिदेव मा. वि तृतीय स्थान हात पारेको छ । प्रथम हुनेलाई १२ हजर ,द्वितीय हुनेलाई ८ हजार र तृतीय हुनेलाई  ४ हजार नगद पुरस्कारबाट पुरस्कृत गरेका छन्  ।

गोरखा, लमजुङ र तनहुँ जिल्लाका कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने क्याम्पस/ विद्यालयका गरी ७ ओटा टोलीहरु बिच विज्ञान हाजिरी जवाफ प्रतियोगिता भएको थियो  ।

विज्ञान दिवसकै अवसरमा क्याम्पस परिसरमा रहेका ४० वनस्पतिहरूको नामाकरण सहितको ट्यागिङ्ग गर्ने कार्यक्रम पनि सम्पन्न भएको छ। प्रमुख अथिति नगर प्रमुख न्यौपानेले वनस्पतिको नाम लेखिएको ट्याग विरुवामा झुन्ड्याएर ट्यागिङ कार्यक्रमको सुरुवात गरेको थिए ।

कार्यक्रममा सहभागी संघसस्था तथा हाजिर जवाफ प्रतियोगिताका विजेता विद्यार्थी एवं विद्यालयहरुलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले र विज्ञान विभाग प्रमुख राजन घिमिरेले नगद पुरस्कार, प्रमाण-पत्र र मायाको चीनो प्रदान गरेको थियो ।

कार्यक्रममा हाजिरी जवाफ प्रतियोगिताको संयोजन उप-प्राध्यापक रुपक श्रेष्ठ र वनस्पति नामाकरणको संयोजन सहायक प्राध्यापक प्रकाश गैह्रेले गरेको थियो ।

कार्यक्रममा एविसि बिज्ञान क्लबका अध्यक्ष अनिल रानाभाटले स्वागत गरेको थियो भने कार्यक्रमको सञ्चालन सहायक प्रध्यापक सागर न्यौपानेले गरेका थियो ।

कार्यक्रमलाई एडभान्स सरस्वती प्रकाशन र केईसि प्रकाशन काठमाण्डौले समेत प्रायोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?