दमौली : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल व्यास नगर इकाई समितिले बिजया दशमी, दीपावली, बकरइद र छठ लगायतको अवसरमा उपलक्ष्यमा सोमवार एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ ।
जिल्ला सहसंयोजक सुदिप कुँवरको अध्यक्षता भएको कार्यक्रममा व्यास अन्न बिकास कोषका मुला संरक्षक दामोदर बाबा , परिषदका राष्ट्रिय उपाध्यक्ष पुष्पराज खतिवडा ,विश्व हिन्दु परिषद नेपालका जिल्ला अध्यक्ष दुर्गाभक्त अधिकारी लगयत नगर पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेको थियाे ।
उक्त कार्यक्रमकाे संचालन नगर सचिव शान्ति दरैलेे गरेका थिए ।
२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?