क्याम्पसमा छात्रवृत्ति स्थापना गर्न देउसीभैलो

दमौली : तनहुँको व्यास नगरपालिका-१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठित व्यस्स्थापन विद्यार्थी सर्कलले क्याम्पसमा अध्यारत व्यस्स्थापन संकायको गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति स्थापना  गर्ने उद्धेश्य सहित देउसीभैलो सञ्चालन गरेको छ ।

सर्कलले मंगलबार क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको घरबाट  देउसीभैलो सुरु गरेको हो ।

आर्थिक अभावको कारण क्याम्पसमा पढ्न विद्यार्थीलाई पढ्ने वातावरण मिलाउन लागि देउसीभैलो सञ्चालन गरि छात्रवृत्ति स्थापना गर्न लागेको सर्कलको अध्यक्ष दिनेश विश्वकर्माले जानकारी दिए ।

हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?