काठमाडौं : सेयर बजार बिहानैदेखि सुधार आएको छ ।अर्थमन्त्रीमा विष्णु पौडेल आएसँगै सेयर बजार बढ्न थालेको देखिन्छ । मंगलबार यो समाचार तयार पार्दा सम्म (११ः२५ बजे) सेयर बजारमा ३७२८ अंकले वृद्धि भइसकेको छ ।
२५ मिनेटमा ५८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से सूचक ४.७२ अंकले बढेको थियो । अहिले नेप्से १९६१.३६ विन्दुमा छ ।
मल्टिपर्पोज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागिसकेको छ । सोमबार सूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेको थियो । सोमबार २ अर्ब भन्दा बढीको सेयर कारोबार भएको थियो ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?