रोहिणी गाउँपालिकाका विद्यालय एकसाता बन्द

रुपन्देही : रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक सातासम्मका लागि बन्द हुने भएका छन् ।

जाडो बढेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरू बन्द रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?