पुस २७ मा सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार

दमौली : पुस २७ गते सार्वजनिक विदा दिन सत्ता गठबन्धन तयार भएको छ। बिहीबार तयार पारिएको सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदामा यो विषय समेटिएको छ।

‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलले तयार पारेको मस्यौदामा भनिएको छ।

सरकारलाई समर्थन गरेको राप्रपा सरकारमा सहभागी भने छैन। उसले सरकारमा सहभागिताका लागि राखेका शर्तहरूमा पुस २७ गते सार्वजनिक विदा दिनुपर्ने विषय पनि थियो।

राप्रपाले हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मदिनको अवसरमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?