दमौली : नेपाली लेखक संघ जिल्ला कार्य समिति तनहुँको पहिलो बैठक दमौलीमा सम्पन्न भएको छ ।
विपि स्मृति भवनमा शुक्रवार नवनिर्वाचित संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको अध्यक्षतामा भएको बैठकमा निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी, प्रदेश प्रतिनिधि तथा केन्द्रिय प्रतिनिधिहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरेको थियो ।
निर्वाचन संयोजक अधिवक्ता सरिता थापा भण्डारीले लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्की, उपाध्यक्ष कृष्णहरि गैह्रे, सचिव अञ्जना तिमिल्सेना, कोषाध्यक्ष श्रीकान्त घिमिरे, सहसचिव दिवाकर घिमिरे र सदस्यहरु कल्पना आचार्य, भवानी अधिकारी खनाल, सतार मिया, महेन्द्रराज शर्मा, चक्रबहादुर अधिकारी र अम्मरराज नहर्कीलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
संघका निवर्तमान अध्यक्ष गौकुमारी न्यौपानेले खाँदा लगाई सम्मान गरेकी थिइन् । त्यस्तै गरी प्रदेश प्रतिनिधि डाक्टर लक्ष्मीकान्त चाँपागाई, विमल गरी र नारायणी अधिकारीलाई लेखक संघका अध्यक्ष शंकरराज नहर्कीले प्रमाणपत्र प्रदान गरेका थिए ।
बैठकले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिदै नयाँ कार्यसमितिले विधिवत रुपमा काम गर्ने लगायतका विभिन्न विषयमा निर्णय गर्ने प्रस्ताव पारित गरेको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?