दमौली : तनहुँको व्यास नगरपालिका -१ भादगाउँमा रहेको आदिकवि भानुभक्त क्याम्पसमा सुचना तथा सञ्चार प्रविधि संग सम्बन्धित ६ दिने वइन्टर बुट क्याम्प शुरु भएको छ । क्याम्पसमा (विआइसिटी) कार्यक्रम अन्तर्गत अध्ययनरत विद्यार्थीहरूको लागि शनिवार देखि ६ दिने वइन्टर बुट क्याम्प शुरु भएको हो।
शिक्षा संकायका डिन प्रा. डा. चित्र बहादुर बुढाथोकीले क्याम्पको उदघाटन गर्दै क्याम्पसले विद्यार्थीहरुलाई सृजनशील हुन, आलोचनात्मक सोच राख्न, सिकाइमा सहकार्य गर्न र प्रभावकारी सञ्चार गर्न सिकाउन अत्यान्त जरुरी रहेको बताए ।
उद्घाटन सत्रमा सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले अभ्यास गर्दै सिक्न सक्ने विधार्थी मैत्री पुर्वाधार र बातावरण क्याम्पसले बनाउने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा समितिका सदस्य मोहन गिरी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुखहरु डा. रामकुमार अधिकारी र सागर पौडेल, विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, विआइसिटी कार्यक्रम संयोजक शुलभ कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।
बुट क्याम्प दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा हार्डवेयर सम्बन्धि व्यवहारिक ज्ञान सिकाइने छ भने दोस्रो चरणमा बेभ डिजाइन सम्बन्धि व्यवहारिक ज्ञान सिकाईने छ ।
क्याम्पमा कम्पुटर एसोसिएसन नेपाल तनहुँको शाखाले पनि आर्थिक, भौतिक र प्राविधिक सहयोग गरेको छ । क्यामा प्रथम, दोश्रो, तेश्रो र पाँचौ सेमेस्टरको ६० जना विधार्थीहरुको सहभागिता रहेको थियो ।
प्रथम दिन विकल श्रेष्ठ, आशिक श्रेष्ठ, रोशन सुनार र शिव मिजारले हार्डवेयरको प्रशिक्षण दिएका थियो।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?