अमेरिकी र अष्ट्रेलियन डलरको भाउ घट्यो (कसको कति?)

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आज बिहीबारकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो।

यस्तै युरो एकको खरिददर १३९ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा रहेको छ। युरोको भाउ पनि अघिल्लो दिनको तुलनामा केही घटेको हो।

यता बेलायती पाउण्ड एकको खरिददर १५८ रूपैयाँ र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। युरो पनि बुधबारको तुलानमा केही सस्तो भएको हो।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १ पैसा र बिक्रीदर ९० रूपैयाँ ४२ पैसा छ। अष्ट्रेलियन मूल्य पनि आज घटेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्यको विनियमदर हेर्नुहोस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?