जनज्योति क्याम्पसले मनायो १५ औं वार्षिकोत्सव

दमौली : तनहुँको भिमाद नगरपालिका -६ स्थित क्याम्पसरोडमा रहेको जनज्योति क्याम्पसले १५ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शुक्रवार क्याम्पसले आफ्नो १५ औं वार्षिकोत्सव एक समारोहका बीच भव्यताका साथ मनाएको हुन् ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले क्याम्पसको भौतिक तथा शैक्षिक स्तरोन्नोतिका लागि आफूले सक्दो प्रयत्न गर्ने बताएका थिए ।

आफ्नै घरमा बसेर उच्च शिक्षा हासिल गर्न पाउनु अत्यन्त राम्रो पक्ष भएको हुँदा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा शैक्षिक संस्थाहरुले विशेष ध्यान दिनु पर्ने सांसद भण्डारीको भनाई थियो ।

भिमादमा सञ्चालन गरिएको क्याम्पस भएपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा प्रदान गर्नुपर्नेमा समेत सांसद भण्डारीले जोड दिएका थिए ।

भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले क्याम्पसको शैक्षिक विकास लागि नगरपालिकाले सकेको काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष जीतप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, म्याग्दे गाउँपालिकाकी पूर्व अध्यक्ष माया देवी राना , म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरे र वरिष्ठ पत्रकार विश्ववन्धु भण्डारी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?