दमौली : तनहुँको व्यास नगरपालिकाको आर्थिक सहयोगमा व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको सभाहलमा तीन दिने बालकथा लेखन कार्यशाला सम्पन्न भएको छ ।
तनहुँका विद्यालय तथा क्याम्पसहरुलाई लक्षित गरी गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना, आदिकवि भानुभक्त क्याम्पसको सह आयोजना र नगरपालिकाको वडा नम्बर दुईको प्रवर्द्धनमा तीन दिने बालकथा लेखन कार्यशाला सञ्चालन गरेको थियो ।
माघ २२ गते देखि सुरु भएको बालकथा लेखन कार्यशाला मङ्गलबार समापन गरेको हुन् ।
तनहुँ जिल्ला भित्रका क्याम्पस साथै विद्यालयमा अध्ययनरत पचास भन्दा बढी विद्यार्थीको सहभागितामा संचालन भइरहेको बालकथा लेखन कार्यशालाको प्रशिक्षण विजय राज आचार्यले गरेको थिए।
समापन कार्यक्रममा व्यास- २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, निवर्तमान क्याम्पस प्रमुख महाप्रसाद हड्खले,निमित्त क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका आध्यक्ष आकाश अधिकारी, सहायक क्याम्पस प्रमुख सागर पौडेल लगायत उपस्थित रहेको थियो ।















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?