मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् ।
साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
नेपालले ३६ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले गाेल गर्दै खेल बराबरीमा ल्याएका हुन् ।
नेपाल र भारतबीचकाे दाेस्राे मैत्रीपूर्ण फुटबल आउँदाे शनिवार दशरथ रङ्गशालामा नै हुनेछ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?