पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्यमा गिरी

दमौली :  पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्य सहायक प्राध्यापक विमल गिरी चयन भएका छन् । काठमाडौमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिवेशनबाट गिरी केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

गिरी व्यास नगरपालिका-१ स्थित बिज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापकको रुपमा कार्यरत रहेको छ ।

देशभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकबाट छनोट भएका ५ सय भन्दा बढी प्राध्यापक प्रतिनिधिका रुपमा अधिवेशनमा सहभागी भएका थिए ।

संघमा देशभरिका झन्डै ६ हजार भन्दा बढी प्राध्यापक आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?