आविष्कारको लागि बृहत् जनआन्दोलन गरौं, नेतृत्व मैले गर्नेछु : महावीर पुन

काठमाडौं : राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख तथा एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसेको पुरस्कारको सन २००७ का विजेता महावीर पुनले नेपालमा आविष्कारको पक्षमा बृहत् जनआन्दोलन हुनुपर्ने बताएका छन् ।

हालसालै नेपाली विद्युतिय सवारी उत्पादक ‘यात्री’लाई सरकारले दर्ता असहयोग गरेपछि विदेश पलायन भएको समाचार आएपछि पुनको यस्तो प्रस्ताव आएको हो।

देशको आविस्कारको पक्षको बृहत् जनआन्दोलनको नेतृत्व गर्न आफु तयार भएको पुनले बताएका छन् ।

उनले सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारको लागी बृहत जनआन्दोलन गरौँ । नेपालमा बनेको विद्युतीय मोटर साइकल यात्रीलाई सरकार बाट अनुमति दिलाऔं । यात्री मोटर साइकल एउटा उदाहरण हो र यस्ता धेरै चिजहरु बनेका छन् । काठमाडौँ उपत्यका बाट बृहत आन्दोलन सुरु गरौँ । त्यसको नेतृत्व मैले गर्ने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?