प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै दमौलीमा बारले सुरु गर्‍यो प्रदर्शन

दमौली :  प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै तनहुँका कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाल बार एशोसिएसन तनहुँको अगुवाइमा जिल्ला अदालत कार्यलय तनहुँ परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

प्रधानन्यायाधीश नियुक्तिमा ढिलाई भएकाले सरकारको ध्यानाकर्षणका लागि दबाबमूलक कार्यक्रम गरिएको तनहुँ बारका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?