फरार एमाले सांसद कोइरीको सांसद पद निलम्बन हुने

काठमाडौं : फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन्। नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन्। प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ।

संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाई ‘रुलिङ’ गरेका थिए। यसअघिको सूचनाबमोजिम कारबाही भयोभएन भन्दा पनि आफू सभामुख भएपछि पुनः सूचना आवश्यक परेको भन्ने आशयका साथ उक्त रुलिङ भएको थियो।

फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन्। नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन्।

सभामुखमाथि कोइरीको पद लम्ब्याउन खोजेको आरोप लागेको थियो। कोइरीले लगातार २१ वटा बैठकमा अनुपस्थित हुनुको कारण बिरामी परेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए। सभामुखले उनको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए। तर सत्तारूढ दलहरू त्यसको विरोधमा उत्रिए।

फौजदारी अपराधमा फरार भई लुकेर बसेकालाई बिरामी रहेको भनेर सदनले स्वीकृत गर्न नसक्ने भन्दै सत्तारूढ दलका सांसदहरूले विरोध जनाएपछि बैठक दुई घन्टा स्थगित भएको थियो।

शुक्रबार रातिको बैठकमा कोइरीको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरिएन। अनुपस्थितिको सूचना अस्वीकृत भएको भए कोइरीको सांसद पद स्वतः खारेज हुन्थ्यो। तर पद खारेज नगरी उनलाई निलम्बन गर्ने दलीय सहमति बनेको थियो।

प्रहरीले पहिला पठाएको पत्रका आधारमा नभई नयाँ पत्रका आधारमा निलम्बन गर्ने सभामुखले अडान लिएपछि प्रहरीलाई पुनः पत्राचार गर्न भनिएको स्रोतको भनाइ छ। शनिबार बिदा परेकाले प्रहरी प्रधान कार्यालयले आइतबार नै कोइरी फरार भएको पत्र पुनः संसद सचिवालयमा पठाएको हो। जसबाट सांसद कोइरीको सांसद पद निलम्बनमा परेको सूचना संसद् सचिवालयले केही दिनमा प्रकाशित गर्ने सम्भावना रहेको स्रोतले बताएको छ। निलम्बनमा परेपछि कोइरी संसद्को सेवासुविधा प्राप्त गर्न र संसद् बैठकमा भाग लिनबाट वञ्चित हुनेछन्

 नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?