अन्तर्राष्ट्रिय श्रमिक दिवस : जेसीआई व्यास नगरद्वारा श्रमिकलाई सम्मान

दमौली : १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जेसीआई व्यास नगरले श्रमिकलाई सम्मान गरेको छ । जेसीआईले व्यास नगरपालिका  -३ प्रशासन चोकमा सोमबार कार्यक्रमको आयोजना गरी श्रमिकलाई सम्मान गरेको जेसीआई व्यास नगर २०२३ का महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

“प्रेरित हुनु महान छ, प्रेरणा अविश्वसनीय छ “-भन्ने प्रकरण तथा मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै जेसीआई व्यासनगरले श्रीधरा थापा मगर, बुद्धिमाया मझकोटी, कृष्ण बहादुर कुमाल र पवित्र कालिका यातायात प्रालि संस्थालाई दोसल्ला ओढाएर सम्मान गरिएको महासचिव श्रेष्ठले बताए ।

जेसीआई व्यासनगर वर्ष २०१५का अध्यक्ष एवं महालक्ष्मी लाईफ ईन्स्युरेन्स लिमिटेडका प्रदेश प्रमुख माधव न्यौपानेले टेम्पो श्रमिकहरुलाई एक लाख बराबरको बीमा उपलब्ध गराएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले श्रमिकहरुलाई सम्मान गरेका थिए ।

सोही अवसरमा उनले जेसीआईद्वारा प्रकाशित भित्तेपात्राको विमोचन गरेका थिए। जेसीआई व्यास नगर २०२३ का अध्यक्ष राजु रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रमा जेसीआई व्यास नगर २०२२ का अध्यक्ष जेसी कृष्ण सुनार, वर्ष २०२०का अध्यक्ष जेसीआई सिनेटर भरत कुमार श्रेष्ठ, वर्ष २०१४ का अध्यक्ष जेसीआई सिनेटर सुरेश पुरी, वर्ष २०१३ का अध्यक्ष जेसीआई सिनेटर एक प्रसाद श्रेष्ठ, दमौली अटो चालक संचालक समितिका अध्यक्ष श्री आईत बहादुर वि.क ज्यु, व्यास नगरपालिका वडा नं ३ का वडा सदस्य विनु श्रेष्ठ, प्रभु बैंक लिमिटेड शाखाका शाखा प्रवन्धक सुरेश आले लगायत उपस्थित रहेका थिए ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ । मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो ।

सो बम विस्फोट कसले गराएको हो रु भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार वर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरुको संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?