पुल भासियो, पृथ्वी राजमार्ग दुईतर्फी बन्द

धादिङ : धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पुल भासिएको छ ।

पुल भासिएसँगै पृथ्वी राजमार्ग दुईतर्फी बन्द भएको हो  ।

वर्षापछि गणेशखोलामाथिको पुल भासिएको हो । त्यससँगै सोमबार दिउँसोदेखि राजमार्ग बन्द भएको छ ।

राजमार्ग बन्द हुँदा काठमाडौं आउने र काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनको सडकमा लामो लाइन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?