दमौली पार्टी प्यालेसको पर्खाल भत्काउने क्रममा च्यापेर गुरुङको मृत्यु

दमौली : तनहुँको दमौलीमा पर्खालले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ छिपछिपेका ३२ वर्षीय भिमबहादुर गुरुङ छन् ।

व्यास नगरपालिका–४ बाघबजारस्थित दमौली पार्टी प्यालेसको पर्खाल भत्काउँदा पर्खालमा च्यापिएर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।

घाइतेको  गुरूङकाे टाउकोमा चोट लागेको थियो । उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको खाँणले बताए ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्बिर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?