काठमाडौं : देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन रचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?