काठमाडौं : भारतको केरलास्थित मलाप्पुरममा डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
डुंगामा कति यात्रु थिए भन्ने निश्चित नभइसकेको जनाइएको छ । २१ बाहेक अन्यको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ ।
केरलाका स्वास्थ्य मन्त्रालयले घाइतेहको तत्काल उपचार गर्न निर्देशन दिएको छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?