काठमाडौं : अभिनेता पल शाहको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त म्युजिक भिडियोमा उनले आफ्नै जेलयात्रालाई प्रस्तुत गरेका छन्।
बलात्कार मुद्दामा जेल जानुअघि उनी अभिनित ‘तिमीलाई हेर्ने बानी पर्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो। पुष्पन प्रधानको स्वरमा रहेको उक्त गीत चर्चित भएको थियो।
झन्डै एक वर्षको जेल बसाइँपछि बलात्कार मुद्दामा सफाइ पाएका पलले महिला स्वरमा सोही गीत ल्याएका हुन्। जहाँ स्वर अनु चौधरीको रहेको छ।
महिला भर्सनको उक्त गीतको म्युजिक भिडियोको निर्देशन पनि उनी आफैंले गरेका छन्। जहाँ उनले आफू, आफ्नो परिवार (आमा, बुवा र बहिनी) र प्रेमिकाको कथा प्रस्तुत गरेका छन्।
प्रेमिकाको भूमिकामा सनिशा भट्टराई, आमा सूर्यमाला खनाल, बहिनी, प्रिन्सु तिवारी र बुवाको भूमिकामा प्रकाश अधिकारी छन्।
हेर्नुहोस् म्युजिक भिडियो







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?