धादिङ : त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका -९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।
धादिङको खाल्टेबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ४८४७ नम्बरको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
तेत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसको सिट भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
धुनिवेशी नगरपालिकाको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?