पूर्व गृहमन्त्री बालकृष्ण खाँणको दाबी-शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

आज सरकारी वकिलको कार्यालयबाट निस्कने क्रममा उनलाई सञ्चारकर्मीहरुले केही भन्न चाहनुहुन्छ भनि सोधेका थिए ।

त्यसको जवाफमा खाणले भने, ‘यसमा मेरो संलग्नता छैन ।’ खाणलाई अहिले म्याद थपको अनुमतिका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?