काठमाडौं : स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भएको छ । उक्त सुन सोमबार प्रतितोला एक लाख १० हजारमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?