काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा मीनबहादुर विश्वकर्मा चयन भएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्ता मनोनित गरेका हुन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य मीनबहादुर विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गर्नुभएको छ,’ कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्। उनी सरकारमा गएपछि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वकर्माले पाएका हुन्।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?