राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ भन्छन् : आवश्यकता नभए राष्ट्रियसभा खारेज गरौं

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको बताएका छन् ।

उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त बैठकमा बोल्दै उनले राष्ट्रियसभालाई परिपक्व र स्थायी प्रकृतिको सभा भनिएपनि नेतृत्वबाट सधै उपेक्षामा परेको बताए ।

राष्ट्रियसभाको आवश्यकता सकिएको लाग्छ भने खारेज गरिदिए हुन्छ भन्दै उनले आक्रोश समेत पोखे ।

“यो राष्ट्रियसभा ठिक छ चाहिन्छ आवश्यकता छ भने यसलाई राख्ने हो,” उनले थपे, “चाहिँदैन आवश्यकता छैन भन्ने केही नेताहरूलाई लाग्छ भने यसलाई बन्द गरिदिए हुन्छ खारेज गरिदिए हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?