तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

दमौली : पछिल्लो केही दिनयता बिहाननै देखी चर्को घाम लाग्दा देशभर गर्मी बढेको छ । तर, चर्को घाम लागेपनि तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै गर्मी बढ्न सकने अनुमान गरिएको हो ।

मौसमविद्का अनुसार अझै तीन दिन मौसम यस्तै रहनेछ भने पानी पर्ने छैन् जसको कारण तराई मधेसका धेरैजसो जिल्लामा केही दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने छ ।

तातो हावा चल्दा स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउन हुँदा सतर्कता अपनाउन उनीहरुको आग्रह छ।

यस्तै काठमाडौँसँगै देशका सबै क्षेत्रमा गर्मी बढ्दा तनहुँ लगाएत तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तर, केही क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी मापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?