काठमाडौं : राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विभेदपूर्ण रहेको भन्दै शान्त विद्रोह गर्न आह्वान गरेका छन् ।
निजी कामका लागि भारतको मुम्बईमा रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत पार्टीपंक्तिलाई तीन कुरा सम्भाmउँदै शान्त विद्रोहको लागि आह्वान गरेका हुन् ।
उनले हामी किन राजनीतिमा आयौँ, हामीलाई नेपाली जनताले किन भोट दिए र ८४ सालमा जनता हामीलाई कहाँ हेर्न चाहन्छन् भन्ने कुरा नभुल्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?