दमौली : तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसमा गठित आदिकवि नेपाली सिर्जनशील मञ्चको अध्यक्षमा लक्ष्मी लोहनी सर्वसम्मतरुपमा चयन भएकी छन् । सर्कलको तेस्रो अधिवेशन तथा साधारण सभाबाट भण्डारीलाई अध्यक्षमा चयन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा प्रतिमा राना , सचिवमा सुस्मिता विश्वकर्मा, कोषाध्यक्षमा प्रतिक्षा भुजेल, सहसचिवमा बिपना गोतामे चयन भएका छन् ।
सदस्यहरुमा आयुष वि .क, सरिता सार्की, बिन्दु रम्तेल, इन्द्र कुमारी थापा, रोशनी गन्धर्व, बिनिता थापा, बिनय सुवेदी र निरज राना
चयन भएका छन्।
चयन भएका छन्।
क्याम्पस प्रमुख महाप्रसाद हड्खले मञ्चले आगामी दिनमा सिर्जनशील युक्त कार्य गर्नु पर्ने र त्यसमा हाम्रो साथमा रहिरहने प्रतिवद्धता व्यक्त गरे।
पब्लिक शिक्षक सङ्घ आदिकवि भानुभक्त क्याम्पस अध्यक्ष एवं नेपाली विभाग प्रमुख विजयराज खनाल ले नेपाली विधार्थीको साथमा सदैव रहेको बताउदै सृजनशील छात्रवृति कोषलाई रु १५ हजार प्रदान गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् ।
मञ्चकी अध्यक्ष उषा आले को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख सागर पौडेल, विज्ञान विभागका प्रमुख राजन घिमिरे ,उप प्राध्यापक सुशील प्रसाद वाग्ले , स्ववियु अध्यक्ष गौरव पन्थ , सचिव अनुप आले मगर,मञ्चका संस्थापक अध्यक्ष ,एबिआइटि क्लबका अध्यक्ष बिशाल रुचाल , जीवन सेवा अभियानका अध्यक्ष अध्यक्ष प्रतिमा गहतराज , मञ्चका निवर्तमान अध्यक्ष सन्दिप सुनार लगायत उपस्थित रहेको थियो ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?