तनहुँ उद्योग वाणिज्य संघले बैंकहरुलाई ज्ञापनपत्र बुझाए

दमौली : तनहुँ उद्योग वाणिज्य संघले सदरमुकाम दमौलीमा रहेका बैंकहरुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले मंगलबार दमौलीका विभिन्न बैकहरुलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

निजी क्षेत्रले यस अघि कहिल्यै भोग्न नपरेको आर्थिक संकटको संवेदनशील क्षणमा एक अर्काको परिपुरकका रूपमा बैङ्क तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई टिकाउनको निमित्त असल सहयात्रीको जिम्मेवारी निर्वाह गरोस् भन्ने आग्रह सहित ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

नीजि क्षेत्रलाई टिकाउन सके मात्र राज्यको अर्थतन्त्र सबल र सक्षम हुने हुँदा अहिलेको चरम आर्थिक संकटको अवस्थामा केहि समय मात्र व्याज, किस्ता बुझाउन नसक्दा सोझै धितो लिलाम गर्ने जस्ता कार्यले निजी क्षेत्र पूर्ण रुपमा हतोत्साही हुदै गएको पत्रमा उल्लेख छ ।

साथै संघले  जिल्ला प्रशासन कार्यालय र व्यास नगरपालिकालाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?