हर्क साम्पाङ भन्छन् – नेपालको भूमि भारतले फिर्ता गर्नुपर्छ

दमौली : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने मेयर साम्पाङले बताएका हुन् ।

‘ब्रिटिस साम्राज्यसँग भएको सन्धिमा गुमेको भूमि भारतले फिर्ता गर्नुपर्छ’ उनले फेसबुकमा लेखेका छन्, त्यो सन्धि भारत सङ्ग भएको होइन ब्रिटेन सङ्ग भएको थियो र अब भारतमा ब्रिटिस राज नरहे सङ्गै त्यो सन्धि पनि स्वतः समाप्त भई भूमि नेपालमै फर्कनु पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?